सांग्रिला डेभलपमेन्ट बैंकको १०९ औं शाखा गढवामा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउँदै गएको छ । बैंकले शाखा विस्तार गर्नेक्रममा गढवा गाउँपालिका वडा नं. ६, दाङ्गमा शाखा संचालनमा ल्याएको छ । बैंकले सोमवारदेखि उक्त शाखा संचालनमा ल्याएको हो ।
गढवा शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।
योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०९ पुगेको छ । उक्त शाखाको उद्घाटन गढवा गाउँपालिकाका अध्यक्ष सहज राम अहिरले गरकेका थिए ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोछ । यस शाखाको सञ्चालनबाट उक्त क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ ।