महालक्ष्मी विकास बैंंकको साधारण सभा फागुन १३ गते हुने, २१.०५२६ प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं । महालक्ष्मी विकास बैंकको २० औँ वार्षिक साधारण सभा पौष २५ गते बोलाएकोमा गणपुरक संख्या नपुगी स्थगित भएको थियो । बैंकको पुन माघ ३ गते तोकिएको सभा माघ ३ गतको अन्तरिम आदेश छलफलको टुङ्गो नलागेसम्म नगर्नु नगराउनु भनि उच्च अदालत पाटनवाट आदेश भई सभा स्थगित भएको थियो ।
माघ ३ गते अन्तरिम आदेश छलफल हुंदा निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी हुने अवस्थाको विद्यमानता नहुंदा यस अदालतवाट पौष २३ गते जारी भएको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिनु परेन भनि उच्च अदालतवाट आदेश भएको थियो ।
उक्त आदेशको पालना गर्दै बैंकले फागुन ५ गते बसेको सञ्चालक समितिको ५१६ औ बैठकले २० औँ वार्षिक साधारण सभा फाल्गुन १३ गते शुक्रबार विहान ११ः०० वजे नेपाल प्रज्ञा प्रतिष्ठन, कमलादी, काठमाडौमा हुने भएको छ ।
वार्षिक साधारण सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७÷७८ को सञ्चित मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने समेतका प्रस्तावहरु सभामा पेश गरिनेछ ।