बैंक अफ काठमाण्डूको ४७ हजार ३५० कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको ४७ हजार ३५० कित्ता संस्थापक शेयर फागुन ११ गते बुधवारदेखि लिलामीमा आएको छ । कम्पनीले सुलोचना कसजुको नाममा रहेको उक्त शेयर विक्रीका लागि बुधवार ३५ दिने सचुना जारी गरेको हो ।
यो शेयर विद्यमान कम्पनीका संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउनेछन् । इच्छुक विद्यमान संस्थापक सदस्यहरुले तोकिएको अवधिभित्र कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।