मेगा बैंकको १ लाख २९ हजार ९१५ कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले १ लाख २९ हजार ९१५ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ ।
बैंकले विभिन्न सदस्यहरुको नाममा रहेको उक्त शेयर विक्रीका लागि बिहीवार ३५ दिने सूचना जारी गरेको हो । यी शेयर खरीदका लागि गैर संस्थापक शेयरधनीहरुबाट इच्छा व्यक्त भएपनि पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीहरुलाई दिनुपर्ने व्यवस्था बमोजिम बैंकले यो सूचना जारी गरेको हो ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिनु पर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा यी शेयर विक्री गरिने जानकारी समेत बैंकले दिएको छ ।