वोमी र सूर्योदय लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति « Arthapath.com
१२ फाल्गुन २०७८, बिहीबार

वोमी र सूर्योदय लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति



काठमाडौं । नेपाल राष्ट्र बैंकले वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जरलाई अन्तिम स्वीकृति दिएको छ ।

नेपाल राष्ट्र बैंकले फागुन ५ गते पत्रले अन्तिम स्वीकृति प्रदान गरेको हो । यी दुई संस्थाले गत भदौ १५ गते, मंगलबार गाभिने सम्झौतामा हस्ताक्षर गरेका थिए ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने–गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम दुवै संस्थाको शेयर कारोबार भदौ १६ गते, बुधबारबाट रोक्का रहेको छ ।


प्रतिक्रिया दिनुहोस्