बिना लाभांश ग्रीन डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।
बैंकको माघ १३ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको नवौँ वार्षिक साधारण सभा चैत्र १२ गते, शनिबार हुने भएको छ ।
बैंकले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छैन । त्यसैले, बैंकका सेयरधनीहरूको हात खाली हुनेछ ।
त्यसैगरी, बैंकले साधारण सभा प्रयोजनका लागि चैत्र २ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, चैत्र १ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।