स्वावलम्बन लघुवित्तको कामु सिईओमा गोविन्द चापागाई नियुक्त

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा गोविन्द चापागाई नियुक्त भएका छन् ।
कम्पनीको फागुन १५ गतेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत उदय राज खतिवडाको राजीनामा स्वीकृत गर्दै कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी चापागाईलाई दिने निर्णय गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत खतिवडाले गत माघ १२ गते राजीनामा दिएका थिए । अर्को निर्णय नभएसम्मका लागि कम्पनीको वरिष्टक्रममा रहेका नायव महाप्रबन्धक चापागाईलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो ।
यस्तो छ नियुक्ति गरिएको सम्बन्धमा
