मल्टीपर्पस फाइनान्सको ५ हजार ६५० कित्ता संस्थापक शेयर विक्रिमा

काठमाडौं । मल्टीपर्पस फाइनान्सले ५ हजार ६५० कित्ता संस्थापक शेयर फागुन १६ गते सोमवारदेखि विक्रीमा ल्याएको छ । कम्पनीले सोमवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी दिपनारायण शाहले आफ्नो नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको जानकारी दिएको हो ।
कम्पनीले शाहको नाममा रहेको ७९ हजार १०० कित्ता शेयर विक्रीका लागि माघ ३ गते सूचना आह्वान गरेकोमा ७३ हजार ४५० कित्ता शेयरका लागि मात्र निवेदन प्राप्त हुन आएकोले बाँकी रहेको ५ हजार ६५० कित्ता शेयर विक्रीका लागि पुनः सुचना जारी गरेको हो ।
उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले आगामी १५ दिनभित्र आवश्यक कागजकाजतका साथ कम्पनी सचिवको कार्यालयमा निवेदन दिनुपर्नेछ ।