बेष्ट फाइनान्सले लेखापरिक्षक नियुक्ती र पारिश्रमीक तोक्न बोलायो सधारण सभा

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको साधारण सभा बोलाएको छ । कम्पनीले आफ्नो २५औं वार्षिक साधारण सभा चैत्र ४ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा दिउँसो १२ः३० बजेदेखि सुरू गर्ने भएको हो ।
सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लेखापरिक्षकको वार्षिक लेखापरिक्षण प्रतिवेदन, वासलात तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु पारित गर्ने छ ।
यस्तै आर्थिक वर्ष २०७८/७९ को लेखापरिक्षण गर्नका लागि सञ्चालक समितिबाट गरिएको लेखापरिक्षकको नियुक्ती र पारिश्रमीक अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ । फाइनान्सले साधारण सभा प्रयोजनका लागि फागुन २० गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ ।
त्यसैले, फागुन १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।