महाशिवरात्रिको अवसरमा महालक्ष्मी विकास बैंकद्धारा शिविर संचालन « Arthapath.com
१८ फाल्गुन २०७८, बुधबार

महाशिवरात्रिको अवसरमा महालक्ष्मी विकास बैंकद्धारा शिविर संचालन



काठमाडौं । विगत २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न अवसरहरुमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

सोहि कार्यलाई निरन्तरता दिदै हिन्दुहरुको महान पर्व महाशिवरात्रिको पावन अवसरमा बैंकको पोखरा, लेकसाइड शाखाले पोखरा महानगरपालिका वडा नं. ६ मा अवस्थित केदारेश्वर महादेव मन्दिरमा शिविर संचालन गरेको छ ।

महाशिवरात्रिलाई लक्षित गरी केदारेश्वर मन्दिरमा पाल्नुभएका व्रतालु तथा भक्तजनहरुलाई दर्शन गर्न सहज होस् भन्ने हेतुले उक्त शिविर संचालन गरिएको पोखरा, लेकसाइड शाखाका शाखा प्रवन्धक नवराज भण्डारीले बताए । केदारेश्वर म्न्दिर दर्शन गर्न पुगेका दर्शालु तथा भक्तजनहरले बैंकले गरेको यस पुण्य कार्यको सराहना गर्दै खुसी व्यक्त गरेका थिए ।

महाशिवरात्रिमा केदारेश्वर मन्दिर पाल्नुभएका करिब पाँच हजार व्रतालु तथा भक्तजनहरलाई चिया, फलफुल तथा पानी वितरण गरिएको छ । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई अझै प्रभावकारी रुपमा संचालन गर्ने कुरा बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्