सनराइज बैंकको ८७ औं शाखारहित बैंकिङ्ग सेवा झापाको अर्जुनधारामा « Arthapath.com
१८ फाल्गुन २०७८, बुधबार

सनराइज बैंकको ८७ औं शाखारहित बैंकिङ्ग सेवा झापाको अर्जुनधारामा



काठमाडौं । सनराइज बैंक लिमिटेड बुधबारे शाखाको आयोजनामा झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा १, शान्तिचोक, सिस्नेमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ८७ पुगेको छ । बैंकले अर्जुनधारा नगरपालिका वडा १, शान्तिचोक, सिस्ने झापामा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा श्री गणेश प्रसाद गौतमलाई नियुक्त गरेको छ ।

सोमबार, फागुन १६ गते आयोजित कार्यक्रममा प्रमुख अतिथिमा अर्जुनधारा नगरपालिका वडा १ का वडा अध्यक्ष गजाधर खतिवडा तथा स्थानिय राजनितिक दलका प्रतिनिधि, शिक्षक, कर्मचारी, व्यापारीहरु समेतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको सभापतित्व सनराइज वैंक लिमिटेड बुधबारे शाखाकी शाखा प्रबन्धक गीता खतिवडाले गरेकी थिईन् । बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

हालसम्म सन््राइज बैंकले १३९ वटा शाखा, ८७ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा एटिएममार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्