जानकी फाइनान्सको साधारण सभा आइतवार हुँदै « Arthapath.com
२० फाल्गुन २०७८, शुक्रबार

जानकी फाइनान्सको साधारण सभा आइतवार हुँदै



काठमाडौं । जानकी फाइनान्सको २५औं वार्षिक साधारण सभा आइतवार हुदैछ । सभा बिहान ११ः३० बजे गायत्री कुञ्ज अतिथि सदन जानकी चोक जनकपुरमा हुने जानकारी दिएको छ । सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ७८९५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ ।

साथै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षक नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका माघ २४ गते देखि फागुन ६ गते सम्म बन्द गर्ने गरेको थियो ।

यस आधारमा माघ २३ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले यस भन्दा अगाडि फागुन ७ गते साधारण सभा आयोजना गरेकोमा गणपुरक संख्या नपरेका कारण स्थगित भएको थियो ।


प्रतिक्रिया दिनुहोस्