६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आजै बोलकबोल हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ ।
केन्द्रीय बैंकले २८ दिन र ९१ दिन अवधिका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलवारदेखि जारी हुने यस बिलका लागि सोमवार दिउँसो ३ बजे बोलकबोल हुनेछ ।
राष्ट्र बैंकले २८ दिनको लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी जारी गर्न लागेको हो । यो बिल चैत २२ गते परिपक्व हुनेछ । त्यसैगरी बैंकले ९१ दिन अवधिका लागि ४ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
उक्त ट्रेजरी बील २०७९ जेठ २४ गते परिपक्व हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालिन सरकारी ऋणपत्र हो ।
केन्द्रीय बैंकले सबै वर्गका बैंक तथा वित्तीय संस्था,संगठित संस्था तथा सर्वसाधारण नागरिकले समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागिता जनाउन सक्ने बताएको छ ।