नेष्डो समृद्ध लघुवित्तको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापीटल « Arthapath.com
२५ फाल्गुन २०७८, बुधबार

नेष्डो समृद्ध लघुवित्तको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापीटल



काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौतापत्रमा संस्थाको तर्फबाट प्रबन्ध सञ्चालक विश्व प्रकाश प्रसाँई र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन्।

कम्पनीको सञ्चालक समितिको बैठकले यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्ती गरेको हो ।

अब उप्रान्त कम्पनीको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू ग्लोबल आईएमई क्यापिटल लिमिटेड मार्फत हुनेछ । संस्थाले फागुन ११ गते, बुधबारदेखि फागुन १५ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर ९आईपीओ० को बाँडफाँड हिजो ९फागुन २४ गते, मंगलबार० सम्पन्न भएको छ । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो ।

अन्तिम दिनसम्ममा २५ लाख २७ हजार १ सय १ जनाले २ करोड ८७ लाख ८१ हजार ५ सय २० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये, ४ हजार १ सय ४६ जनाको आवेदन रद्द थियो । २५ लाख २२ हजार ९ सय ५५ जना योग्य थिए । गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ७७ हजार ४ सय ५६ जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् । ३ कित्ता अल्टर रहेको हुनाले २० कित्तामाथिका लागि भर्ने ३ जनाले एक एक कित्ता पाएका छन् ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ०।५ प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ७ लाख ७४ हजार ५ सय ६३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।


प्रतिक्रिया दिनुहोस्