प्राइम बैंकलाई २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र बिक्री गर्न बोर्डको अनुमति, १० प्रतिशत ब्याज « Arthapath.com
२५ फाल्गुन २०७८, बुधबार

प्राइम बैंकलाई २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र बिक्री गर्न बोर्डको अनुमति, १० प्रतिशत ब्याज



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले प्राइम कमर्सियल बैंकदाई ऋणपत्र निष्काशन तथा बिक्री गर्न अनुमति दिएको छ । धितोपत्र बोर्डले फागुन २३ गते बैंकलाई ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न अनुमति दिएको हो ।

धितोपत्र बोर्डको अनुमति पाएपश्चात बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख इकाई ऋणपत्र जारी गर्नेछ । जसमध्ये १० लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी १५ लाख कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

बैंकले जारी गर्ने उक्त ऋणपत्रको १० वर्ष अवधि रहेको छ । बैंकले वार्षिक १० प्रतिशत ब्याजदर दिने छ । बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिंङ लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्