डिप्रोक्स लघुवित्तको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट « Arthapath.com
२६ फाल्गुन २०७८, बिहीबार

डिप्रोक्स लघुवित्तको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट



काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । लघुवित्तले शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको हो ।

कम्पनीले चैत ३ गतेदेखि लागू हुने गरी शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्गलाई नियुक्त गरेको नेप्सेमार्फत जानकारी गराएको हो ।

अब धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, शेयरधनी दस्तखत प्रमाणिकरणलगायतका सम्पूर्ण कार्यहरु नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड नारायणचौर, नक्सालबाट हुने कम्पनीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्