नेपाल बैंकको नयाँ व्याजदर सार्वजनिक « Arthapath.com
३० फाल्गुन २०७८, सोमबार

नेपाल बैंकको नयाँ व्याजदर सार्वजनिक



काठमाडौं । नेपाल बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले चैत्र १ गतेदेखि लागू हुनेगरी विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरमा बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ७.०३ प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ । बैंकले मुद्दति निक्षेपमा न्यूनतम १०.०३ प्रतिशत देखि अधिकतम ११.०३ प्रतिशतसम्म दिने भएको छ ।

बैंकको आधार दर ६.९२ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्