जानकी फाइनान्सको सीईओमा दिनेश कुमार शर्मा

काठमाडौं । जानकी फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा शर्मा नियुक्त भएका छन् । फाइनान्स कम्पनीको सञ्चालक समिति बैठकले दिनेश कुमार शर्मालाई सीईओमा नियुक्त गरेको हो ।
कम्पनीको फागुन २९ गते बसेको संचालक समितिको बैठकले आगामी ४ बर्षका लागि सीईओमा नियुक्त गरेको हो । सीईओ शर्माको कार्यकाल फागुन २९ गतेदेखि नै लागू हुनेगरी कार्यभार सम्हालेका छन् ।
यसअघि कामु सीईओको जिम्मेवारी पाएका शर्मालाई पूर्ण जिम्मेवारी दिएको हो । शर्माले एमबिएसम्मको अध्ययन गरेका छन् । तत्कालिन सहारा विकास बैंकका सीईओ समेत भईसकेका शर्माले एनआईसी एशिया बैंकमा समेत काम गरेको अनुभव रहेको छ ।