माछापुच्छ्रे बैंकद्वारा आगलागी पीडित ११ घर परिवारलाई खाद्मान्न तथा भाडाँकुडा सहयोग « Arthapath.com
२ चैत्र २०७८, बुधबार

माछापुच्छ्रे बैंकद्वारा आगलागी पीडित ११ घर परिवारलाई खाद्मान्न तथा भाडाँकुडा सहयोग



काठमाडौं । माछापुच्छ्रे बैंकको माहुली शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खाद्यान्न तथा भाँडाकुँडा सहयोग गरेको छ । बैंकले फागुन २८ गते सप्तरी अग्नीसाईर कृष्णासवरन गाउँपालिका ४ टेगंरीमा लागेको आगलागीबाट पीडित घर परिवारलाई खाद्यान्न तथा भाडाँकुडा सहयोग गरेको हो ।

आगलागीबाट सबै जलेर नष्ट भएको ११ घर परिवारलाई खाद्मान्न तथा भाडाँकुडा सहयोग गरेको हो । उक्त राहत वितरण कार्यक्रममा कृष्णासवरन गाउँपालिका ४ का अध्यक्ष तेज नारायण यादव र बैंकको प्रदेश नं. २ को प्रदेश उपप्रमुख बिनेश ठाकुरको पनि उपस्थितिमा रहेको थियो ।

माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिङ्ग सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरुलाइ सहयोग गर्दै आएको थियो । त्यस्तै बैंकले बिभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको छ ।

बैंकले देशका हरेक वर्ग र समुदायमा सेवा पुर्याउने उद्देश्यले १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्