वेष्ट फाईनान्स शाखा चितवनको नारायणगढमा « Arthapath.com
२ चैत्र २०७८, बुधबार

वेष्ट फाईनान्स शाखा चितवनको नारायणगढमा



काठमाडौं । काठमाडौ कमलादी स्थित प्रधान कार्यालय रहेका एनआरएनद्धारा प्रबर्धित राष्ट्रिय स्तरको बेष्ट फाईनान्स कम्पनीले १५ औं शाखाको आर्थिक तथा पर्यटकीय नगरी चितवन जिल्लाको नारायणगढ, सहिदचोकमा विस्तार गरेको छ ।

१५ औं शाखा विस्तारको क्रममा चितवन जिल्लाको, नारायणगढ, शहिदचोक स्थित नारायणगढ शाखा कार्यालयको फागुन २ गते बुधबारका दिन चितवन जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष चुन नारायण श्रेष्ठ ज्यूले विदिवत रुपमा उदघाटन गरी शुभारम्भ गरेका हुन् ।

शाखा शुभारम्भ कार्यक्रममा संस्थाका प्रमुख लगानीकर्ताहरु तथा त्यस क्षेत्रका प्रतिष्ठित व्यवसायीहरु एवम ग्राहक महानुभावहरुको उपस्थिति रहेको थियो ।

निकट भविष्यमा नेपालको बाग्लुङको गलकोट, प्रदेश नं. २ को विरगंज तथा प्रदेश नं. १ को इटहरीमा लगायत अन्य जिल्लाहरुमा शाखा कार्यालय खोल्ने योजना रहेकोे छ । वेष्ट फाईनान्स कम्पनी लिमिटेडले पछिल्लो बर्षमा उल्लेख्य वित्तिय विवरण सुधार गर्दै आफनो ग्राहकलाई उच्चतम प्रविधिका साथ ग्राहक वर्गमा सेवा उपलब्ध गराउँदै आएको छ ।

घरमै बसि अनलाई मार्फत सहज तथा सरल तवरले खाता संचांलनको नंया सुविधा समेत संस्थाले हालसालै संचालनमा ल्याएको छ ।


प्रतिक्रिया दिनुहोस्