युवा होइन, कृषि उत्पादन खाडी मुलुकमा पठाउने दिन आउनु पर्छ: सीईओ शाह « Arthapath.com
४ चैत्र २०७८, शुक्रबार

युवा होइन, कृषि उत्पादन खाडी मुलुकमा पठाउने दिन आउनु पर्छ: सीईओ शाह



काठमाडौं । कृषि प्रधान देश तथा मेरो बुबाआमा कृषक भन्न हामी लजाउँछौं तर कृषि र कृषकमा सम्पूर्ण नेपालीले गर्व गर्ने दिन आउनु पर्ने नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहले बताएका छन् । यसअघि बैंकहरु घर, जग्गा र मोटर कर्जामै रमाइरहे पनि हाल कृषि क्षेत्रमा लगानी बढाइरहेको उनले बताए । नेपालको माटो नै उर्वर रहेको भन्दै उत्पादन हुनलाई मेहनत नै नचाहिने उनले बताए । यस्तो उर्वर माटोलाई पूर्ण सदुपयोग गर्नुपर्ने उनको भनाई छ ।

कृषि वस्तुको उत्पादन, भण्डारण र बिक्री वितरणमा बैंकहरुले लगानी बढाउनु पर्ने र कृषिवस्तुको प्रवद्र्धन गर्नुपर्ने बताए । हजारौं युवाहरु जहाज चढेर विदेश जाँदा जहाजको कार्गो खाली हुने बताउँदै उनले त्यसमा नेपालको कृषि उत्पादन भरेर खाडी मुलुक पठाउनु पर्ने बताए ।

विदेश गएर कागज ल्याउने होइन सीप ल्याउनेले अब देश परिवर्तन गर्न सक्ने बताउँदै उर्जाशील युवाहरुलाई नबिल बैंक लगानी गर्न तयार रहेको उनले बताए ।

कृषि कर्जा मेलाले कृषक र उद्यमीहरुलाई सहज बनाउने उनले अपेक्षा गरे । मेलामा नयाँ सोच, सीप, ज्ञान, जाँगर भएका व्यक्तिहरुलाई स्वागत गर्न आफू आतुर भएको पनि उनले बताए ।


प्रतिक्रिया दिनुहोस्