२१ प्रतिशत लाभांश पारित गर्न आरम्भ चौतारी लघुवित्तको साधारणसभा आह्वान, बुक क्लोज कहिले ? « Arthapath.com
६ चैत्र २०७८, आईतवार

२१ प्रतिशत लाभांश पारित गर्न आरम्भ चौतारी लघुवित्तको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?



काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो वार्षिक साधारणसभा बोलाएको छ । लघुवित्तको चैत्र ५ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा चैत्र २७ गते, आईतबार बनेपा पार्टी भेन्यू, काभ्रेपलान्चोकमा बिहान ११ बजे बोलाएको हो ।

लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको २१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

त्यस्तै, आर्थिक वर्ष २०७७–७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने छ ।

लेखापरीक्षण समितिको सिफारिश वमोजिम आर्थिक वर्ष २०७८–७९ को लागि बाहृय लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ । साथै, साविक देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरे पश्चात संस्थापक शेयर धनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक विनोद ज्ञवालीको नियुक्ति अनुमोदन गर्ने छ ।

लघुवित्तको नियमावलीमा सञ्चालकहरुको भत्ता र सुविधा बृद्धि गर्ने, अन्य कुनै लघुवित्त वित्तीय संस्था संग एक आपसमा गाभ्ने–गाभिने तथा प्राप्ती–समाहित गर्ने तथा हुने प्रयोजनका लागि आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र प्रबन्धपत्र र नियमावली संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरवदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही वमोजिम गर्न सञ्चालक समितिलाई वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव पारित गर्ने छ ।

त्यसैगरी, लभुवित्तले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ चैत्र १७ गतेदेखि २७ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, चैत्र १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्