एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत २ महिनासम्म निःशुल्क रेमिट्यान्स पठाउन सकिने « Arthapath.com
६ चैत्र २०७८, आईतवार

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत २ महिनासम्म निःशुल्क रेमिट्यान्स पठाउन सकिने



काठमाडौं । एनआईसी एशिया बैंकले समय अनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने क्रममा आफ्नो मोबाइल बैंकिङ्ग एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ ।

बैंकले चैत्र १ देखि २०७९ वैशाख ३१ सम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहकहरूले एनआईसी एशिया मोबैंक प्रयोग गरी देशको कुनै एक ठाउँबाट अर्काे ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नेछन् । एनआईसी एशिया मोबैंकमार्फत आन्तरिक रेमिट्यान्स देशभर पठाउन सकिने यस सुविधाबाट बैंकका ग्राहकहरूले आफ्ना परिवारजन तथा आफन्तजनलाई सहज रुपमा रकम पठाई योजनाको भरपुर लाभ उठाउन सक्नेछन् ।

यस योजना अन्तर्गत ग्राहकहरूले जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो एनआईसी एशिया मोबैंकबाट रेमिट रकम सहज रुपमा पठाउन सक्नेछन् । जसका लागि ग्राहकहरूले आफ्नो मोबाइलमा रहेको एनआईसी एशिया मोबैंकभत्र रहेको सेन्ड रेमिट आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सक्नेछन् ।

यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ । साथै, बैंकका कुनै एक ग्राहक महानुभावले अर्को कुनै ग्राहक महानुभावलाई पठाएको रेमिट रकम एनआईसी एशिया मोबैंकबाट सहजै बुझ्न सकिने नवीन सुविधा समेत यस एपमा रहेको छ ।

यसका लागि ग्राहकरूले एनआईसी एशिया मोबैंकभित्र रहेको रेमिटेन्स आइकनमा ट्याप गरेर रिसिभ रेमिट भित्र आफुलाई प्राप्त रकम र यनीक्यू पिन विवरण राखेपश्चात् रकम खातामा स्थानान्तरण गर्न सकिन्छ ।

दुई महिने निःशुल्क रेमिट्यान्स योजनाबाट ग्राहकहरूलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिट्यान्स पठाउनुपर्ने झन्झटबाट मुक्ति मिल्नुका अलावा वहाँहरूको अमूल्य समयको बचत भई डिजिटल रेमिट्यान्स कारोबारको प्रबद्र्धनमा सहयोग मिल्ने विश्वास बैंकले लिएको छ ।


प्रतिक्रिया दिनुहोस्