कर्पोरेट डेभलपमेन्ट बैंकले चैत्र १६ गतेदेखि प्रतिकित्ता १ सय रुपैयाँमा १ लाख २० हजार कित्ता शेयर बिक्री गर्ने « Arthapath.com
१७ असार २०८२, मंगलबार

कर्पोरेट डेभलपमेन्ट बैंकले चैत्र १६ गतेदेखि प्रतिकित्ता १ सय रुपैयाँमा १ लाख २० हजार कित्ता शेयर बिक्री गर्ने



काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले अवितरित हकप्रद शेयर बिक्री गर्ने भएको छ । बैंकले चैत्र १६ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको हो ।

बैंकले माघ ७ गतेदखि फागनु १३ गतेसम्म हकप्रद शेयर बिक्री गरेको थियो । हकप्रदमा अवितरित सर्वसाधारण समूह तर्फको १ लाख २० हजार १२० कित्ता शेयर लिलामीमा बिक्री गर्ने भएको हो ।

बैंकको उक्त शेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसस्थाले चैत्र १६ गतेदेखि २४ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

बैंकको उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर १ सय रूपैयाँ तोकिएको छ । आवेदन दिँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी न्युनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण शेयरका लागि बोलपत्र पेश गर्न सकिन्छ ।

त्यस्तै, बैंकको उक्त शेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेडले रहेको छ । लगानीकर्ताले सिभिल क्यापिटल लिमिटेड, सुन्धारा, सीटिसीमल काठमाडौं, सिभिल बैंकको शाखा कार्यालयहरु विराटनगर, विरगञ्ज, पोखरा, सुर्खेत, नेपालगंज धनगढीबाट र कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको रजिष्टर्ड कार्यालय तथा शाखा कार्यालयहरूः वीरगञ्ज १३, आदर्शनगर पर्सा, वीरगञ्ज २५, ड्राईपोट, पर्सा, बीरगंज ३१, चोर्नी, पर्सा, बीरगजबाट पनि बोलपत्र पेश गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्