नेपाल फाइनान्सलाई ७० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न बोर्डको अनुमति « Arthapath.com
९ चैत्र २०७८, बुधबार

नेपाल फाइनान्सलाई ७० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न बोर्डको अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल फाइनान्स कम्पनी लिमिटेडलाई हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्न अनुमति दिएको छ । बोर्डले मंगलबार फाइनान्स कम्पनीलाई हकप्रद शेयर निष्काशन तथा बिक्री गर्न अनुमति दिएको हो ।

अब फाइनान्स कम्पनीले ७० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने छ । फाइनान्स कम्पनीले १ः०.७० को अनुपातमा हकप्रद शेयर जारी गर्ने छ ।

फाइनान्स कम्पनीले १ सय रूपैयाँ अंकित दरमा ७० प्रतिशत अर्थात ३४ करोड ५४ लाख ४७ हजार ४२७ रूपैयाँ बराबरको ३४ लाख ५४ हजार ४७४ कित्ता हकप्रद शेयर निष्कासन गर्ने छ ।

फाइनान्स कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । फाइनान्स कम्पनीले गत कार्तिक १ गते हकप्रद शेयर निष्काशनको अनुमति माग्दै बोर्डम निवेदन दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्