एनआईसी एशिया लघुवित्तको विश्व वित्तीय सप्ताहको अवसरमा जनचेतना कार्यक्रम आयोजना

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि.ले ग्लोबल मोनि वीक मनाउन सप्ताह व्यापी वित्तीय साक्षरताका लागी जनचेतना कार्यक्रमको आयोजना गरेको छ ।
नेपाल राष्ट्र बैंकले चैत्र ७ गते देखि १३ गतेसम्म वित्तीय साक्षरता मार्गदर्शन, २०७८ बमोजिम बिशेष कार्यक्रम संचालनको लागि बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको निर्देशनबमोजिम संस्थाले देश भरिनै सप्ताह व्यापी कार्यक्रमहरु तय गरेको हो ।
कार्यक्रमको पहिलो, दोस्रो र तेस्रो दिन शाखा कार्यालय गोलघर, लालपुर, राजिपुर, पाउदुर,बहादुरगंज, पाँचखाल, गौर,गैडाकोट, सबैला र हार्थोकले करिब १ हजार जना स्थानीय व्यपारी, गृहणी, युवा, विद्यार्थी लगाएतलाई समेटेर वित्तीय साक्षरताको महत्तव, लघुवित्तका सेवा सुविधा, बचत, बीमा तथा कर्जाको महत्तव, विप्रेषण, आम्दानी अनुसार बचत गर्ने बानिको बिकास, बचतका प्रकार, डिजिटल बैैकिङ्ग, आवश्यकता अनुसार खर्च गर्ने बानिको विकास आदिका बारेमा जनचेतनामूलक कार्यक्रम गरेको छ ।
संस्थाले १३ गतेसम्म देशभरी नै आफ्नो उप प्रदेश कार्यालय अन्र्तगतका शाखा कार्यालयका क्षेत्रमा बसोबास गर्ने स्थानीय व्यपारी, गृहणी, युवा, विद्यार्थी लगाएतलाई समेटेर अन्तरक्रिया तथा वित्तीय साक्षरता सम्बन्धि जनचेतनामूलक श्रव्य तथा भिडियो सामाग्री प्रदर्शनी गर्ने कार्यक्रम रहेको जनाएको छ ।
साथी संगै, सबल बन्दै भन्ने मूल नाराका साथ देश भरिनै सेवा दिई रहेको संस्थाले, उत्पादनमुलक तथा कृषि क्षेत्रमा आधारित कर्जा लाई प्राथमिकतामा राखि बैंक तथा वित्तीय संस्थाहरुको न्युन उपस्थिति रहेको दुर्गम जिल्लाहरु डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक, बझाङ, बाजुरा, अछाम, दार्चुला, मुगु तथा कालिकोट जस्ता दुर्गम जिल्लाहरुमा समेत शाखा विस्तार गरी वित्तीय पहुँच तथा वित्तीय साक्षरता, सामाजिक जनचेतना लगायतका विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्र्दै आएको छ ।