राष्ट्र बैंकले मुद्दती निक्षेपमा २ अर्ब रुपैयाँ लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले क, ख र ग बर्गका बैंक तथा वित्तीय संस्थामा १ अर्ब ९३ करोड २६ लाख रुपैयाँ लगानी गर्ने भएको हो ।
राष्ट्र बैंकका अनुसार क बर्गका वाणिज्य बैंकहरुमा १ अर्ब ५४ करोड ६२ लाख रुपैयाँ, ख बर्गका विकास बैंकहरुमा २८ करोड ९८ लाख रुपैयाँ र ग बर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ९ करोड ६६ लाख रुपैयाँ लगानी गर्ने भएको हो ।
राष्ट्र बैंकको विभिन्न कोषहरुमा रहेको रकम लगानी गर्न लागेको हो । राष्ट्र बैंकका अुनसार २०७९ बैशाख २ गतेदखि २०८० बैशाख १ गतेसम्म ३६५ दिन अवधिको मुद्दती निक्षेपमा लिन चाहेको रकम खुलाई राष्ट्र बैंको चैत्र १७ गते भित्र ब्याजद प्रस्ताव गर्न आह्वान गरिरएको हो ।
