नेपाल फाइनान्सको साधारण सभा बैशाख ३ गते « Arthapath.com
१० चैत्र २०७८, बिहीबार

नेपाल फाइनान्सको साधारण सभा बैशाख ३ गते



काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले साधारण सभा बोलाएको छ । फाइनान्स कम्पनीको चैत्र ९ गते बुधबार बसेको सञ्चालक समितिको बैंठकले २९ औं वार्षिक साधारण सभा बैशाख ३ गते शनिबार होटेल एल्लो प्यागोडा, कान्तिपथ काठमाडौंमा विहान १० बजे बोलाएको हो ।

फाइनान्सको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षण प्रतिवेदन सहितको आर्थिक बर्ष २०७७–७८ को वासलात, २०७७ साल साउन १ गतेदेखि २०७८ साल अषढ ३१ गतेसम्मको नाफा–नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणको छलफल गरी पारित गर्ने र आर्थिक बर्ष २०७८–७९ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिस अनुसार लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, संस्थाले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने–गाभिने तथा संस्थाले अन्य कुनै उपयुक्त संस्थालाई प्राप्ति गर्ने सम्बन्धमा संस्थाको चल–अचल सम्पत्ति र दायित्व तथा कारोबारको मुल्याङ्कन गर्न मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा संस्था गाभ्ने–गाभिने तथा एक्विजिशन गर्ने समझदारीपत्र या तर्जुमा गर्ने, हस्ताक्षर गर्ने, अन्तिम सम्झौता तयार पार्ने, हस्ताक्षर गर्ने लगायतका गाभ्ने–गाभिने तथा एक्विजिशन गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरिने छ ।

फाइनान्स कम्पनीले साधारण सभा प्रयोजनार्थ चैत्र १७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, चैत्र १६ गते (बुधबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्