राष्ट्र बैंकले पेन्सन कोषको साढे ३ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने « Arthapath.com
११ चैत्र २०७८, शुक्रबार

राष्ट्र बैंकले पेन्सन कोषको साढे ३ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा भएको ३ अर्ब ४५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकका अनुसार ‘क’ बर्गका वाणिज्य बैंकहरुमा २ अर्ब ७६ करोड रुपैयाँ, ‘ख’ बर्गका राष्ट्रिय स्तरका विकास बैंकमा ५१ करोड ७५ लाख रुपैयाँ र ‘ग’ बर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा १७ करोड २५ लाख रुपैयाँ लगानी गर्ने भएको हो ।

उक्त रकम लिन चाहेका इच्छुक बैंक तथा वित्त कम्पनीले आफूले लिन चाहेको रकम खुलाई चैत्र १५ गतेभित्र ब्याजदर प्रस्ताव सहित आवेदन पेश गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।

उक्त निक्षेपको अवधि २०७९ बैशाख ४ गतेदेखि २०८० बैंशाख ४ गते ३६६ दिन अवधिको रहेको छ ।


प्रतिक्रिया दिनुहोस्