नबिल बैंकले दिगोपन प्रवर्द्धन गर्न बौद्धनाथ स्तूपामा वातावरण मैत्री लुङ्गटा जडान गर्यो  « Arthapath.com
१३ चैत्र २०७८, आईतवार

नबिल बैंकले दिगोपन प्रवर्द्धन गर्न बौद्धनाथ स्तूपामा वातावरण मैत्री लुङ्गटा जडान गर्यो 



काठमाडौं । विश्वमा बढ्दै गएको जलवायु परिवर्तनप्रतिको संवेदनशीलतालाई मनन गर्दै मार्च २६ मा विश्वभर मनाइने अर्थ आवरको अवसरमा नबिल बैंकले काठमाडौंको बौद्ध स्तूपाका पुराना लुङ्गटालाई विस्थापन गर्दै वातावरण मैत्री लुङ्गटाको सुरुवात गरी वातावरण सम्बन्धी सचेतनामूलक तथा सन्देशमूलक कार्यक्रम सम्पन्न गरेको छ ।का

नाइलनको कपडा र नाइलनको डोरीबाट बनाइएका पुराना सामग्री वातावरणमैत्री नहुने भएकाले यिनीहरूको विस्थापन गरी वातावरणमैत्री सामान प्रयोग गर्ने कार्य गरिएको हो । 

हरित उद्यमको क्षेत्रमा काम गर्दै आउनुभएकी आङ डोल्मा शेर्पाले नबिल बैंकबाट ऋणको सहयोगमा शुरु गरिएको वातावरणमैत्री लुङ्गटा उत्पादनलाई प्रोत्साहन समेत गर्ने र विश्व सम्पदा सूचीमा रहेको बौद्ध स्तूपालाई वातावरणमैत्री सामग्रीको प्रयोगबाट स्वच्छ बनाउने उद्देश्यले यो कार्यको आरम्भ गरिएको हो । 

नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल, प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, विश्व वन्यजन्तु कोष नेपालका देश प्रतिनिधि डा. घन श्याम गुरुङ, सामाजिक अभियन्ता तथा गायिका आनी छोइङ डोल्मा, बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा तथा वातावरणको क्षेत्रमा काम गरेका विभिन्न व्यक्ति तथा सरोकारवालाको उपस्थितिमा रहेको थियो । कार्यक्रममा सहभागीहरूले यो अभियानलाई व्यापक बनाउनु पर्नेमा जोड दिएका थिए । सो अवसरमा उपस्थित अतिथिहरूले वातावरणमैत्री मैत्री लुङ्गटामा हस्ताक्षर गर्दै नेपालमै उत्पादन भएको वातावरणमैत्री सामान प्रयोग गर्ने यो अभियानप्रति ऐक्यबद्धता जनाए । 

नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरण संरक्षणको क्षेत्रमा विभिन्न कामहरू गर्दै आएको छ । बैंकले नियमित बैंकिङ गतिविधि अन्तर्गत पनि दिगो विकासलाई सहयोग पुग्ने कार्य गर्दै आएको छ । यसै वर्ष देखि शुरु गरेको नबिल दिगो बैंकिङ अन्तर्गत हरित उद्यम, कृषि, नविकरणीय उर्जाको क्षेत्रमा लगानी गर्ने र यस्ता उद्यमलाई प्रोत्साहन समेत गर्दै आएको छ । 

हरेक दिगोपनाको सुरुवात घरबाट हुन्छ भन्ने उद्घोषसहित शुरु भएको नबिल दिगो बैंकिङले समाजका विभिन्न क्षेत्र र व्यक्तिलाई जोड्ने र वातावरण संरक्षणमा विभिन्न योगदान गर्ने क्रियाकलापहरूलाई प्राथमिकतामा राखेको छ । 

विभिन्न अध्ययनहरूले देखाए अनुसार नेपाल जलवायु परिवर्तनको जोखिममा विश्वकै चौथौ स्थानमा पर्छ । बढ्दै गएको जलवायु परिवर्तनको असरले विपद्को प्रभाव समेत बढाउँने हुँदा वातावरण संरक्षणप्रति सबै सचेत र सजग हुनु पर्छ भन्ने मान्यताका आधारमा नबिलले यस किसिमका अभियानलाई अघि बढाएको छ । विश्व सम्पदा सूचीमा रहेको बौद्धनाथ स्तूपामा  दिगोपना भएका सामग्रीको प्रयोगलाई प्रबर्द्धन गर्न शुरु गरिएको यो अभियानलाई बैंकले आगामी दिनमा पनि निरन्तरता दिने छ ।


प्रतिक्रिया दिनुहोस्