शेयरधनी मालमाल बनाउने महिला लघुवित्तका सीईओको वार्षिक तलव कति ?

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आव २०७७–७८ को नाफाबाट ४७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ २.५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । गत आर्थिक बर्षको नाफाबाट लाभांश वितरण गर्ने लघुवित्त संस्थाहरुमा महिला लघुवित्तको लाभांश सबै भन्दा धेरै मध्येमा पर्छ । जीवन विकास लघुवित्तपछि सबैभन्दा धेरै लाभांश वितरण गर्ने लघुवित्तमा महिला लघुवित्त संस्था पर्छ ।
लघुवित्तले सर्वसाधारणलई प्राथमिक शेयर आईपीओ जारी गरेको एक बर्ष मात्रै भएको छ । गत बर्ष फागुनमा लघुवित्तले आईपीओ जारी गरेको थियो । एक बर्षको अवधिमा लघुवित्तको शेयर मूल्य ५ हजार भन्दा माथि पुगेको थियो । छोटो समयमा नै लघुवित्तका शेयरधनी मालामाल बनेका थिए । नेप्सेमा बोनस शेयर समायोजनपश्चात आइतबार लघुवित्तको शेयर मूल्य ३६२६ रुपैयाँ रहेको छ । तर लघुवित्तको शेयर मूल्य उच्च रहेको नै छ भने लाभांश वितरण गरेपश्चात शेयरधनी झनै मालामाल बनेका छन् ।
लघुवित्तले शेयरधनीलाई मात्रै होइन कर्मचारीलाई पनि आकर्षक पारिश्रमिक दिने गरेको छ । गत आर्थिक बर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन अनुसार लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई १८ लाख १९ हजार रुपैयाँ भुक्तानी गरेको छ । प्रतिवेदन अनुसार कार्यकारी प्रमुखलाई पारिश्रमिकको रुपमा १८ लाख १९ हजार ७२० रुपैयाँ भुक्तान गरेको छ । लघुवित्तको प्रमुख कार्यकारी अधिकृत पदमा कृष्ण प्रसाद न्यौपाने रहेका छन् ।
त्यस्तै, आर्थिक बर्ष २०७७–७८ मा लघुवित्तका संचालकहरुलाई १ लाख ९६ हजार ५ सय रुपैयाँ बैठक भत्ता वापत भुक्तानी गरेको छ ।
लघुवित्तले अघिल्लो आर्थिक बर्ष २०७६–७७ मा सीईओ न्यौपानेलाई १६ लाख ६६ हजार रुपैयाँ पारिश्रमिक दिएको थियो । भने संचालकहरुलाई १ लाख ७३ हजार ७५० रुपैयाँ बैठक भक्ता प्रदान गरेको थियो ।