१२ दिनमा बैंकहरुको ३ अर्ब रुपैयाँ निक्षेप गायव, सीडि रेसियो ९१.१३ प्रतिशत « Arthapath.com
१४ चैत्र २०७८, सोमबार

१२ दिनमा बैंकहरुको ३ अर्ब रुपैयाँ निक्षेप गायव, सीडि रेसियो ९१.१३ प्रतिशत



काठमाडौं । चैत्र महिनाको हालसम्म निक्षेप संकलन घटेको छ । चैत्र महिना शुरुदेखि चैत्र १२ गतेसम्ममा वाणिज्य बैंकहरुको निक्षेप संकलन ३ अर्ब रुपैयाँ घटेको हो । फागुन मसान्तसम्ममा ४३ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले चैत्र १२ गतेसम्ममा ३ अर्ब रुपैयाँ घटेर ४३ खर्ब ३० अर्ब रुपैयाँ मात्रै निक्षेप संकलन गरेका छन् ।

त्यस्तै, एक साताको अवधिमा भने २ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न सफल भएका छन् । चैत्र ४ गते ४३ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुको निक्षेप २ अर्ब रुपैयाँ बढेर चैत्र १२ गतेसम्ममा ४३ खर्ब ३० अर्ब रुपैयाँ संकलन गरेका हुन् ।

यता वाणिज्य बैंकहरुले १२ दिनको अवधिमा कर्जा लगानी २ अर्ब रुपैयाँ घटेको छ । एक सातामा १ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । फागुन मसान्तसम्ममा ४१ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले २ अर्ब कम कर्जा प्रवाह गरी चैत्र १२ गतेसम्ममा ४१ खर्ब ७० अर्ब रुपैयाँमा सिमित भएका छन् । त्यस्तै, एक सातामा वाणिज्य बैंकहरुको कर्जा प्रवाह १ अर्ब रुपैयाँ वितरण गरेका छन् । चैत्र ४ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए भने १ अर्ब रुपैयाँ बढेर ४१ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।

नेपाल बैंकर्स संघका अनुसार सीडि रेसियो ९१.१३ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्