सिटिजन्स बैंकद्वारा ग्लोबल मनि सप्ताहको अवसरमा सातै प्रदेशमा कार्यक्रम संचालन

बिल्ड योर फ्यूचर, बि स्मार्ट अबाउट मनि भन्ने मूल नाराका साथ संचालन भएको ग्लोबल मनि विकले पैसा वा आय आर्जनको उपयोगिता बढाउने सम्बन्धमा सर्वसाधारणमा सचेतना दिई सम्पन्न भएको छ । सिटिजन्स बैंकले पनि सातै प्रदेशवाट विभिन्न क्रार्यक्रम संचालन गरेको छ ।
जसमा प्रदेश नं १ को लक्ष्मी हाईयर सेकेण्डरी स्कूल, हल्दीबारी, मधेश प्रदेशको बनुला स्कूल, सप्तरी, बाग्मती प्रदेशको रनभुबनेश्वरी हाईयर सेकेण्डरी स्कूल ,देविघाट, नुवाकोट, गण्डकी प्रदेशको पौलस्त्य उच्च माध्यमिक विद्यालय, म्याग्दी, लुम्बिनी प्रदेशको रुपन्देहीमा, कर्णाली प्रदेशको सिमीकोटमा तथा सुदूरपश्चिम प्रदेशको ग्ली सेकेण्डरी स्कूलमा विभिन्न वित्तिय साक्षरताका कार्यक्रमको आयोजना गरी वित्तिय ज्ञान प्र्रदान गर्ने क्रार्य गरिएको छ ।
क्रार्यक्रमा उपस्थित विधार्थी, गृहिणी महिला, वैदेशिक रोजगारमा आवद्ध सम्पूर्ण नेपालीजनहरुमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकास पारिएको छ । यससँंगै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बंैकिङ्गको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराइृएको थियो। नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तिय कारोबार गर्ने क्रममा बंैकिङ्ग प्रणालीकै प्रयोग गर्न समेत उत्त कार्यक्रमबाट आग्रह गरिएको छ । यसबाट बंैकिङ्ग प्रणालि मजवुत हुने विश्वास बैंकले लिएको छ ।
डिजिटल बंैकिङ्गलाई सधंै प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै कियोस्क सेवाको सुरुवात पनि गरेको छ । कियोस्कमार्फत प्रारम्भिक रुपमा ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने, एटिएम तथा बंैकका शाखाको विवरणहरु प्राप्त गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सक्नेछन् । साथसाथै यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्द्रको समेत स्थापना गरिसकेको छ ।