मेगा बैंकको १ लाख ४९ हजार कित्ता शेयर बिक्रीमा « Arthapath.com
१८ चैत्र २०७८, शुक्रबार

मेगा बैंकको १ लाख ४९ हजार कित्ता शेयर बिक्रीमा



काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले विभिन्न संस्थापकहरुको नाममा रहेको करिब डेढ लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो ।

बैंकले विभिन्न १० संस्थापक शेयरधनीहरुको कुल १ लाख ४९ हजार २०१ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो ।

बैंकले बिक्री गर्न लागेको उक्त शेयरमा सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्ने छ । उक्त संस्थापक शेयर खरिद गर्न इच्छुकले हाल कायम संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनेभित्र बैंकको केन्द्रिय कार्यालयमा आवेदन दिन बैंकले आग्रह गरेको हो ।

उक्त अवधिमा आवेदन नपरेमा गैर संस्थापक शेयरधनीहरुलाई सो संस्थापक शेयर बिक्री गरिने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्