२ अर्ब रुपैयाँ घट्यो बैंकको निक्षेप, एक सातामा ६ अर्ब रुपैयाँ कर्जा प्रवाह, सीडी रेसियो ९१.२० प्रतिशत « Arthapath.com
२३ चैत्र २०७८, बुधबार

२ अर्ब रुपैयाँ घट्यो बैंकको निक्षेप, एक सातामा ६ अर्ब रुपैयाँ कर्जा प्रवाह, सीडी रेसियो ९१.२० प्रतिशत



काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप संकलन २ अर्ब रुपैयाँले घटेको छ । चैत्र महिनाको हालसम्म बैंकहरुको निक्षेप संकलन २ अर्ब रुपैयाँ घटेको हो । फागुन मसान्तसम्ममा बैंकहरुले ४३ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुको निक्षेप २ अर्ब रुपैयाँ घटेर चैत्र १८ गतेसम्ममा ४३ खर्ब ३१ अर्ब रुपैयाँ मात्रै संकलन गरेका छन् ।

यता एक सातामा भने बैंकहरुको निक्षेप १ अर्ब रुपैयाँ मात्रै बढेको छ । यसअघि चैत्र ११ गते ४३ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरुले चैत्र १८ गतेसम्म १ अर्ब रुपैयाँ मात्रै बढेर ४३ खर्ब ३१ अर्ब रुपैयाँ संकलन गर्न सफल भएका हुन् ।

त्यस्तै, १८ दिनको अवधिमा बैंकहरुले ३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । वाणिज्य बैंकहरुले फागुन मसान्तसम्ममा ४१ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुले चैत्र १८ गतेसम्ममा ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा वितरण गरेका हुन् । त्यस्तै, एक साताको अवधिमा बैंकहरुको कर्जा प्रवाह ६ अर्ब रुपैयाँ बढेको छ । यसअघि चैत्र ११ गतेसम्म बैंकहरुले ४१ खर्ब ७० अर्ब रुपैयाँ कर्जा वितरण गरेका थिए ।

नेपाल बैंकर्स संघका अनुसार सीडि रेसियो ९१.२० प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्