सिवाईसी नेपाल लघुवित्तको आईपीओ बैशाख २ गतेदेखि बिक्री खुला, कति कित्ता आवेदन दिन पाउँछ ? « Arthapath.com
२४ चैत्र २०७८, बिहीबार

सिवाईसी नेपाल लघुवित्तको आईपीओ बैशाख २ गतेदेखि बिक्री खुला, कति कित्ता आवेदन दिन पाउँछ ?



काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले २०७९ बैशाख २ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

लघुवित्तले १ सय रुपैयाँ अंकित दरका ३ लाख ९५ हजार ३३६ कित्ता शेयर निष्काशन तथा बिक्री खुला गर्ने छ । जसमध्ये ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याईएको छ ।

हाल लघुवित्तको हालको चुक्ता पूँजी ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँ रहेको छ । आईपीओ निष्काशनपश्चात् लघुवित्तको चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुग्नेछ ।

लघुवित्तको आईपीओमा छिटोमा २०७९ बैशाख ६ गते र ढिलोमा बैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयर एनपी डबल बि माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।


प्रतिक्रिया दिनुहोस्