काे बन्ला मेगा बैककाे सीईओ ? ५ दिन अघिनै खुञ्जेलीकाे राजीनामा « Arthapath.com
२५ चैत्र २०७८, शुक्रबार

काे बन्ला मेगा बैककाे सीईओ ? ५ दिन अघिनै खुञ्जेलीकाे राजीनामा



काठमाडौं । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) खुञ्जेलीले राजीनामा दिएकी छिन । ४ बर्षे कार्यकाल सकिन ५ दिन बाँकी हुँदा नै सीईओ अनुपमा खुञ्जेलीले राजीनामा दिएकी छिन् ।

सीईओ खुञ्जेली २०७४ चैत ३० मेगा बैंकको सीईओमा नियुक्त भएकी थिइन् । उनको कार्यकाल चैत ३० मा सकिँने छ । उनको कार्यकाल सकिने मिति नजिक आएसँगै उनले राजीनामा दिएकी हुन् ।

४ वर्षको कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकी सीईओ खुञ्जेली वाणिज्य बैंकहरु मध्ये एक मात्रै महिला सीईओ हुन् । खुञ्जेलीले मेगा बैककलाई पछिल्लाे समय खुलेका बैकहरूमध्ये अब्बल बनाएकि थिइन ।

तर उनले राजीनामा दिएपनि बैंकको सञ्चालक समितिले भने स्वीकृत गरि सकेको छैन् । दोस्रो कार्यकाल दोहोर्याउने चाहाना रोखेकी सीईओ खुञ्जेलीले सञ्चालक समतिले दोर्होयाउन नचाहेपछि राजीनामा दिएकी हुन् ।

खुञ्जेलीले बुधबार बसेकाे सञ्चालक समिती बैठकमा राजिनामा दिएकाे एक संचालकले अर्थपथलाई बताए । उनलाई फेरी एक कार्यकाल दाेहाेर्याउन संचालक समिति राजी भएन ।

सीईओ खुञ्जेलीसँग बैंकिङ्ग क्षेत्रमा ३० बर्ष काम गरेको अनुभव छ । तत्कालीन नेपाल ग्रिन्डलेज बैंकबाट बैंकिङ्ग करियर सुरु गरेकी खुञ्जेली नबिल बैंक हुँदै स्थापना कालमै मेगा बैंकमा प्रवेश गरेकी थिइन् ।

खुञ्जेलीकाे राजिनामा पछि मेगा बैंकमा संभावित सीईओकाे चर्चा सुरू भएकाे छ । हाल बजारमा खाली रहेका सीईओहरूले मेगा बैक जान सम्पर्क बढाएका छन् । काे सीईओ बन्छ भन्ने यकिन भएकाे छैन ।


प्रतिक्रिया दिनुहोस्