हामी श्रीलंकाको बाटोमा छौं, विदेशी सञ्चिती जोगाउनुपर्ने बाध्यता छः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र संकटको अवस्थामा रहेको संकेत गरेको छन् । शुक्रबार राष्ट्र बैंकले आयोजना गरेको आर्थिक तथा वित्त सम्मेलनमा गभर्नर अधिकारीले नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा रहेको बताएका हुन् ।
नेपालको अर्थतन्त्रमा बाह्य जोखिम कायम रहेकोले आयात नघटेमा श्रीलंकाजस्तो स्थिती आउन सक्ने चेतावनी गभर्नर अधिकारीले दिए । आयात बढ्दै जाने र विदेशी मुद्रा आर्जन नभएमा श्रीलंकाको बाटोमा जाने गभर्नर अधिकारी बताउँछन् । अहिले अर्थतन्त्रमा बाह्य क्षेत्रको स्थायीत्व प्रमुख चुनौतीको रुपमा देखिएको उनको भनाई छ ।
चालु आर्थिक वर्षको शुरुदेखि नै रेमिट्यान्स घट्दै गएको, आयात बढेको कारण शोधानान्तर घाटा भएको र बैंकमा तरलता अभाव रहेको उनले बताए । आयात निरुत्साहन गर्न नगद मार्जिनदेखि लिएर कर्जामा जोखिम भार थप्ने तथा सुनचाँदीको आयातमा कडाइ गरेको छ उनले बताए । विदेशी सञ्चिती जोगाउनुपर्ने अहिलेको बाध्यता गभर्नर अधिकारीले बताए ।