ग्लोबल आइएमई बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा, क–कसले आवेदन दिन पाउँछन् ? « Arthapath.com
२५ चैत्र २०७८, शुक्रबार

ग्लोबल आइएमई बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा, क–कसले आवेदन दिन पाउँछन् ?



काठमाडौं । ग्लोबल आइएमई बैंकको संस्थापक शेयर बिक्रीमा राखिएको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको ३ लाख भन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्रीमा राखेको हो ।

बैंकको विभिन्न संस्थापक शेयरधनीहरु ऋषीराम ज्ञवालीको नाममा ४ हजार १२२ कित्ता, संजिव न्यौपानेको नाममा रहेको १ हजार ४८४ कित्ता, जयन्द्र बहादुर राजभण्डारीको नाममा रहेको १४ हजार २८४ कित्ता, सुनिता सुरेका अग्रवालको नाममा रहेको १ लाख कित्ता, मिलन थापाको नाममा रहेको १ लाख कित्ता, गुमान सिं सिजाली थापाको नाममा रहेको ८ हजार २९५ कित्ता, भिमेन्द्र बहादुर शिलवालको नाममा रहेको १४ हजार ८१२ कित्ता, वसन्तराज अधिकारीको नाममा रहेको २० हजार कित्ता, बोध प्रसाद त्रिपाठीको नाममा रहेको ३० हजार कित्ता, घनश्याम अधिकारीको नाममा रहेको १४ हजार २८३ कित्ता, विजय कुमार चौधरीको नाममा रहेको १५ हजार ४३ कित्ता र कृष्ण प्रसाद श्रेष्ठको नाममा रहेको ५ हजार ५ सय कित्ता गरी संस्थापक शेयर बिक्री गर्न लागेका हुन् ।

बैंकको उक्त शेयरमा गत माघ २१ गते ३५ दिने सूचना जारी गरेकोमा उक्त म्याद भित्र कुनैपनि संस्थापकको निवेदन प्राप्त हनु नआएकोले नेपाल राष्ट्र बैंकको निर्देशन तथा प्रचलित कानुनको आधारमा रही संस्थापक बाहेकका कुनै पनि व्यक्ति वा संस्थाले उक्त संस्थापक शेयर खरिद गर्न इच्छुक भएमा यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्