राष्ट्र बैंकमा सरकारकाे हस्तक्षेप, अर्थतन्त्र नाजुक बन्दै गएपछि गभर्नर अधिकारी निलम्बनमा

काठमाडौं । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । गभर्नर अधिकारी निलम्बनमा परेपछि डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिईएको छ ।
देशको अर्थतन्त्र नाजुक हुँदै गएपछि अर्थमन्त्री जनार्दन शर्माले आफ्नो असक्षमता लुकाउन गभर्नरलाई निलम्बन गरेका हुन् । लामो समयदेखी अर्थमन्त्री र गभर्नरविच टसल चल्दै आएको थियो । सरकारले राष्ट्र बैंकजस्तो स्वायत्त निकायको प्रमुखलाई निलम्बन गरेर आलोचित बनेको छ ।
गभर्नर अधिकारीलाई निलम्वन गरेकाे जानकारी राष्ट्र बैंक श्राेतले बताएकाे छ ।
बिहीबार बसेको मन्त्रिपरिषदको निर्णयले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो । शुक्रबार सञ्चारमन्त्री ग्यानेन्द्र कार्कीले मन्त्रीपरिषदका निर्णय सार्वजनिक गरेका थिए । तर उक्त निर्णयमा मन्त्री कार्कीले सूचना नै लुकाएको बुझिएको छ ।
मन्त्रिपरिषदको निर्णय अनुसार गभर्नर अधिकारीलाई निलम्बनसँगै छानविन समिति समेत गठन गरेको स्रोतले जनाएको छ ।
अर्थतन्त्र संकटमा परेका बेला सरकारले यस्तो निर्णय गर्दा झनै संकटमा पर्ने आशंका गरिएको छ । तत्कालिन केपी शर्मा ओलीको सरकारले गभर्नर अधिकारीलाई नियुक्त गरेको थियो । सरकार परिवर्तन भएपछि प्रधानमन्त्री शेयर बहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माको नजरमा पर्दै आएका थिए ।