एनआईसी एशिया बैंकका सीईओ रोशन न्यौपाने ‘म्यानेजर अफ द इयर अवार्ड-२०२२’ बाट सम्मानित « Arthapath.com
२७ चैत्र २०७८, आईतवार

एनआईसी एशिया बैंकका सीईओ रोशन न्यौपाने ‘म्यानेजर अफ द इयर अवार्ड-२०२२’ बाट सम्मानित



काठमाडौं । व्यवस्थापनकर्मीहरूको सम्मानित एवम् सर्वोच्च निकाय नेपाल व्यवस्थापन संघले नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याएको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दै एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपानेलाई ‘Manager of the Year Award-2022’ बाट सम्मानित गरेको छ । चैत्र २६ गते नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै ‘Manager of the Year Award-2022’ का विजेता न्यौपानेले उक्त पुरस्कार सम्पूर्ण Fellow NIC ASIANsलाई समर्पण गर्दै उक्त पुरस्कारबाट सम्मानित गरेकोमा व्यवस्थापन संघ, पुरस्कार छनौट समिति तथा व्यवस्थापन संघका पदााधिकारी प्रति कृतज्ञता जाहेर गरे ।

उनको पाँच वर्षको नेतृत्व अवधिमा बैंकको कुल कर्जा करिब ७३ अर्ब रुपैयाँबाट करिब ४ गुणाले वृद्धि भई २७४ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै गरी निक्षेप संकलन तर्फ पनि ८६ अर्ब रुपैयाँबाट करिब ४ गुणाले वृद्धि भई ३०० अर्ब रुपैयाँ पुगेको छ । साथै बैंकको प्रतिशेयर आम्दानी तर्फ करिब २ गुणाले वृद्धि भई ४१.४३ रुपैयाँ पुगेको छ ।

बैंकले उनको नेतृत्वमा २०७८ पौष मसान्त सम्ममा देहाय बमोजिमको उत्साहजनक नतिजाहरू हासिल गरी समग्र बैंकिङ्ग क्षेत्रमा नै बैंक सर्वोत्कृष्ट बन्न सफल भएको छ ।

नेतृत्व सम्हालेको छोटो समयमै देशभर करिब ३६ लाख भन्दा बढी ग्राहकहरूसँग शाखा सञ्जालका साथै आधुनिक डिजिटल च्यानलहरू मार्फत सहज, सबल, गतिशील, विश्वसनीय एवं उत्तरदायी बैंकिङ्गको नाता स्थापित गर्न र विभिन्न प्रमुख वित्तीय तथा गैर वित्तीय सूचकांकहरूमा देशको सर्वोत्कृष्ट बैंकको रुपमा स्थापित गराउन उनको नेतृत्वमा बैंक सफल भएको छ ।

सीईओ न्यौपाने राष्ट्रपतिबाट ‘प्रबल जनसेवा श्री (चतुर्थ)’, ‘Corporate CEO of the Year, 2078Ú’ र Global Business Outlook (GBO) Londonबाट ‘Banking CEO of the Year – Nepal 2021Ú’ बाट समेत सम्मानित भएका थिए ।


प्रतिक्रिया दिनुहोस्