बैंकहरुको ब्याज नबढ्ने, बैशाखमा पनि ११.०३ प्रतिशत ब्याजदर तोकियो

काठमाडौं । वाणिज्य बैंकहरूको छाता संस्था नेपाल बैंकर्स संघले वैशाखमा ब्याजदर नबढाउने निर्णय गरेको छ । आइतबार बसेको संघको बैठकले वैशाखमा ब्याज नबढाउने निर्णय गरेको हो ।
अब बैशाख महिनामा पनि पुरानै ब्याजदरलाई निरन्तरता दिन सबै बैंकहरु सहमत भएका हुन् । वाणिज्य बैंकहरुले चैतकै ब्याजदरलाई निरन्तरता दिएर नयाँ सूचना जारी गर्ने निर्णयमा पुगेका हुन् ।
बैंकहरुले मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याजदर दिनेगरी नयाँ सूचना जारी गर्ने भएका छन् । बैंकहरुले गत पुस र माघ महिनामा ब्याजदर स्थिर राखेका थिए । तर फागुन महिनामा बढाएर ११.०३ प्रतिशत पुर्याएका थिए । चैतमा सोही ब्याजदर कायम गरिएको थियो ।
आइतबार बसेको बैठकले पनि बैशाख महिनाका लागि फाुगन महिनाको निक्षेपको ब्याजदर नै लागू हुनेछ ।