गाडी सहितका वस्तुको एलसी नखोल्ने बैंकर्स संघको निर्णय « Arthapath.com
२७ चैत्र २०७८, आईतवार

गाडी सहितका वस्तुको एलसी नखोल्ने बैंकर्स संघको निर्णय



काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संस्था नेपाल बैंकर्स संघले अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय गरेको छ । आइतबार बसेको बैंकर्स संघको बैठकले यस्तो निर्णय गरेको हो ।

बैंकर्स संघका अनुसार अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय गरिएको हो । नेपाल राष्ट्र बैंकले केही दिन अगाडि अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्न निर्देशन दिएको थियो । सोही निर्देशन वमोजिम बैंकर्स संघले पनि यस्तो निर्णय गरेको हो ।

अर्थतन्त्र समस्यामा परेको बेला एलसी नखोल्ने निर्णय गरेकाले सरकालाई पनि सहयोग पुग्ने बैंकर्स संघको बुझाई छ । अब निजी गाडी, ड्राई फूड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामग्री, पफ्र्यूम, मोबाइललगायत सामाग्री आयातका लागि प्रतितपत्र (एलसी) नखोल्ने भएको हो ।

साथै सोही बैठकले वैशाखमा ब्याजदर नबढाउने निर्णय गरेको छ । अब बैशाख महिनामा पनि पुरानै ब्याजदरलाई निरन्तरता दिन सबै बैंकहरु सहमत भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्