बैंकको नयाँ शाखा झापाको काँकरभिट्टामा « Arthapath.com
४ बैशाख २०७९, आईतवार

बैंकको नयाँ शाखा झापाको काँकरभिट्टामा



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको मेचीनगर नगरपालिका ६, काँकरभिट्टा, स्थित काँकरभिट्टा शाखाको वैशाख ४ गते एक समारोहकाबीच मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्य र बैंकका संचालक विजय कुमार श्रेष्ठबाट संयुक्त रुपमा औपचारिक उद्घाटन सम्पन्न भएको छ ।

औपचारिक उद्घाटन समारोहमा मेचीनगर नगरपालिकाका नगर उप-प्रमुख मिना पोखरेल उप्रेती, मेचीनगर नगरपालिका ६ का वडा अध्यक्ष ललित बहादुर तामाङ्ग तथा मेची उद्योग वाणिज्य संघ, धुलाबारीका अध्यक्ष ऋषीराज तिम्सीनाले बैंकको काँकरभिट्टा शाखा कार्यालयको प्रगतिको शुभकामना प्रदान गरे ।

उक्त औपचारिक कार्यक्रममा बैंकका संचालक विजय कुमार श्रेष्ठले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दिए ।

मेचीनगर नगरपालिकाका नगर प्रमुख बिमल आचार्यले उक्त कार्यक्रममा बैंक अफ काठमाण्डू लिमिटेडलाई काँकरभिट्टामा स्वागत गर्नुको साथै स्थानियहरुको आवश्यकतालाई ध्यानमा राखि बैंकले सेवा प्रदान गर्ने विश्वास नगरपालिकाले लिएको जानकारी दिए ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । बैंकको अगामी दिनहरुमा सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा उपलब्ध गराउने अभिप्रायले थप शाखाहरु संचालन गर्ने योजना अगाडि रहेको छ ।


प्रतिक्रिया दिनुहोस्