मुक्तिनाथको क्रमिक बचत खातामा मुद्दती खाताको ब्याज « Arthapath.com
४ बैशाख २०७९, आईतवार

मुक्तिनाथको क्रमिक बचत खातामा मुद्दती खाताको ब्याज



काठमाडौं । मुक्तिनाथ विकास बैंकको “मुक्तिनाथ क्रमिक बचत खाता” ग्राहकहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै सञ्चालनमा ल्याइएको निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी योजना हो ।

बैंकको मुक्तिनाथ क्रमिक बचत खातामा बचत खाता तथा मुद्धती खाताको विशेषताहरुलाई समेटिएको छ । उक्त खातामा मासिक वा त्रैमासिक रुपमा एक निश्चित रकम, न्यूनत्तम १ वर्षदेखी १० वर्ष अवधी सम्मको लागि जम्मा गरेको अवस्थामा १ वर्षेको व्यक्तिगत मुद्दती खातामा पाइने बराबरको नै ब्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

साथै त्रैमासिक रुपमा प्राप्त ब्याज पुन सोही खातामा नै जम्मा हुने र सोमा समेत मुद्दतीकै ब्याज प्रदान गर्ने भएको ग्राहकहरुलाई उच्चत्तम लाभ हुने ब्यहोरा बैंकले जनाएको छ । यस खाताबाट नियमित रुपमा आर्जन गरेको आम्दनीको केही अंश खर्च नगरी बचत गर्न चाहाने ग्राहकहरुलाई न्यूनतम लगानीमा उच्चतम प्रतिफलको फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेशिजबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।


प्रतिक्रिया दिनुहोस्