फर्स्ट माइक्रोफाइनान्सको नाफा ४६.४४ प्रतिशत बढेसँगै ईपीएस पनि बढ्यो, अन्य सूचकमा पनि चम्कियो « Arthapath.com
५ बैशाख २०७९, सोमबार

फर्स्ट माइक्रोफाइनान्सको नाफा ४६.४४ प्रतिशत बढेसँगै ईपीएस पनि बढ्यो, अन्य सूचकमा पनि चम्कियो



काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ४६.४४ प्रतिशत बढेर १६ करोड ६१ लाख ३४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ११ करोड ३४ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

तेस्रो त्रैमासमा लघुवित्तको खुद ब्याज आम्दानी ६०।१४ प्रतिशत बढेर ३० करोड ७१ लाख ४२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १९ करोड १७ लाख ९३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ६१.५९ प्रतिशत बढेर २५ करोड ११ लाख ५५ हजार रुपैयाँ, खुद फि तथा कमिशन आम्दानी ४८.९६ प्रतिशत बढेर ४ करोड ५६ लाख १६ हजार रुपैयाँ र वितरणयोग्य नाफा ११ करोड ८२ लाख ४४ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १० प्रतिशत बढेर ९६ करोड ४४ लाख ९२ हजार रुपैयाँ, जगेडा कोष २९.८४ प्रतिशत बढेर ३२ करोड ६३ लाख ८४ हजार रुपैयाँ, सापटी रकम १०.८२ प्रतिशत बढेर ९ अर्ब ५४ करोड ३२ लाख ९५ हजार रुपैयाँ र कर्जा २७.६७ प्रतिशत बढेर १० अर्ब ४१ करोड ७५ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।

यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ८ पैसा बढेर २२ रुपैयाँ ९७ पैसा पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ८९ पैसा रहेको थियो । लघुवित्तको मूल्य आम्दानी अनुपात ३१.४१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ८४ पैसा रहेको छ ।

लघुवित्तको बेस रेट १२.३५ प्रतिशत, कस्ट अफ फण्ड १०.५५ प्रतिशत र इन्ट्रेस्ट रेट स्प्रिड ३.१६ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्