सिवाईसी नेपाल लघुवित्तका अधिकांश सूचकमा छलाङ, नाफा १०९ प्रतिशत बढ्दा अन्य सूचक कस्ता ? « Arthapath.com
५ बैशाख २०७९, सोमबार

सिवाईसी नेपाल लघुवित्तका अधिकांश सूचकमा छलाङ, नाफा १०९ प्रतिशत बढ्दा अन्य सूचक कस्ता ?



काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १०९.४१ प्रतिशत बढेर ९ करोड ९९ लाख १६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ४ करोड ७७ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ९ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी ५५.३१ प्रतिशत बढेर १५ करोड ७७ लाख ४५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुविक्तले १० करोड १५ लाख ६५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १७.३० प्रतिशत बढेर ८ करोड २१ लाख ८ हजार रुपैयाँ, जगेडा कोष २३७.१६ प्रतिशत बढेर ३० करोड ४ लाख १९ हजार रुपैयाँ, निक्षेप संकलन ५३.७४ प्रतिशत बढेर १ अर्ब २६ करोड ४६ लाख ८६ हजार रुपैयाँ, सापटी रकम ८४१.५२ प्रतिशत बढेर १ अर्ब ४६ करोड ५० लाख २७ हजार रुपैयाँ र कर्जा प्रवाह १३०.६२ प्रतिशत बढेर ३ अर्ब ३७ करोड ६५ लाख ४ हजार रुपैयाँ पुगेको छ ।

यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ७१ रुपैयाँ ३७ पैसा बढेर १६२ रुपैयाँ २५ पैसा पुगेको छ । लघुवित्तको सञ्चालन मुनाफा १०१.१७ प्रतिशत बढेर ८ करोड ७२ लाख १० हजार रुपैयाँ पुगेको छ ।

लघुवित्तले गत साता बैशाख २ गते शुक्रबारदेखि आईपीओ निष्काशन तथा बिक्री गरेको छ ।


प्रतिक्रिया दिनुहोस्