हिमालयन बैंकको नाफा ८.११ प्रतिशत बढ्यो, ईपीएस सामान्य घट्दा अन्य सूचक कस्ता ? « Arthapath.com
७ बैशाख २०७९, बुधबार

हिमालयन बैंकको नाफा ८.११ प्रतिशत बढ्यो, ईपीएस सामान्य घट्दा अन्य सूचक कस्ता ?



काठमाडौं । हिमालयन बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ८.११ प्रतिशत बढेर १ अर्ब ३९ करोड १५ लाख ७८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब २८ करोड ७१ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २४.०१ प्रतिशत बढेर ३ अर्ब ३६ करोड १९ लाख २५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले २ अर्ब ७१ करोड ९ लाख ७१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा बैंकको सञ्चालन मुनाफा २६.०६ प्रतिशत बढेर १ अर्ब ९९ करोड ७८ लाख २ हजार रुपैयाँ र वितरणयोग्य नाफा ४८ करोड ६७ लाख २१ हजार रुपैयाँ रहेको छ ।

चालु आर्थिक बर्षको ९ महिनामा बैंकको चुक्ता पूँजी २१.३८ प्रतिशत बढेर १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार रुपैयाँ, जगेडा कोष १४.९५ प्रतिशत घटेर ८ अर्ब ३ करोड ५४ लाख १६ हजार रुपैयाँ, निक्षेप १७.२३ प्रतिशत बढेर १ खर्ब ६५ अर्ब ३१ करोड ३२ लाख २५ हजार रुपैयाँ र कर्जा १९.३३ प्रतिशत बढेर १ खर्ब ५० अर्ब ४१ करोड २९ लाख ७५ हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ७५ पैसा घटेर १४ रुपैयाँ ३१ पैसामा सीमित भएको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकका प्रतिशेयर आम्दानी १६.०६ रुपैयाँ रहेको थियो । बैंकको प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ९६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३३.८३ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्