नेपाल बङ्गलादेश बैंकका अधिकांश सूचकमा गिरावट, नाफासँगै ईएपीएस पनि घट्यो « Arthapath.com
७ बैशाख २०७९, बुधबार

नेपाल बङ्गलादेश बैंकका अधिकांश सूचकमा गिरावट, नाफासँगै ईएपीएस पनि घट्यो



काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ३२.१८ प्रतिशत घटेर १ अर्ब ११ करोड ११ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब ६३ करोड ८४ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २.२४ प्रतिशत घटेर १ अर्ब ९३ करोड ९१ लाख ११ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब ९८ करोड ३५ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । ु

यस अवधिमा बैंकको सञ्चालन मुनाफा ३९.०८ प्रतिशत घटेर १ अर्ब ३९ करोड ४२ लाख २८ हजार रुपैयाँ र वितरणयोग्य नाफा ५६ करोड ६४ लाख ६९ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी १२ प्रतिशत बढेर १० अर्ब ८ करोड ५३ लाख ९९ हजार रुपैयाँ, जगेडा कोष ५.८२ प्रतिशत घटेर ६ अर्ब ७ करोड ७१ लाख ६१ हजार रुपैयाँ, निक्षेप ५.८६ प्रतिशत घटेर ८२ अर्ब २ करोड १५ लाख १७ हजार रुपैयाँ र कर्जा १०.९५ प्रतिशत बढेर ७६ अर्ब २० करोड ९२ लाख १५ हजार रुपैयाँ पुगेको छ ।

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी १० रुपैयाँ २८ पैसा घटेर १४ रुपैयाँ ६९ पैसामा सिमित भएको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी २४.९७ रुपैयाँ रहेको थियो । बैंकको प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ २६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २७.१६ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्