एनआईसी एशिया बैंकको छलाङ, नाफा २० प्रतिशत बढ्दा ईपीएस ४१.९४ रुपैयाँ « Arthapath.com
७ बैशाख २०७९, बुधबार

एनआईसी एशिया बैंकको छलाङ, नाफा २० प्रतिशत बढ्दा ईपीएस ४१.९४ रुपैयाँ



काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको चालू आर्थिक बर्षको तेस्रो त्रैमासमा कुल कर्जा रकम २७४.७४ अर्ब रुपैयाँ पुर्याउन सफल भएको छ । समिक्षा अवधिमा बैंकले कुल निक्षेप संकलन ३०२.८१ अर्ब रुपैयाँ संकलन गरेको छ ।

बैंकले यस अवधिमा खुद नाफा ३.६० अर्ब रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षभन्दा २० प्रतिशत बढी नाफा आर्जन गरेको हो । बैंकको स्वपूँजीमा प्रतिफल २१.४६ प्रतिशत रहेको छ, जुन २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ ।

समिक्षा अवधिमा बैंकले प्रतिशेयर आम्दानी ४१.९४ रुपैयाँ आर्जन गरेको छ । ईपीएस २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । कोरोना महारीले गर्दा बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई तेस्रो त्रैमासमा०.५१ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।

चालु आर्थिक बर्षको ९ महिनामा बैंकको ९ लाख भन्दा बढी नयाँ खाताहरू थप गर्दै ३७ लाख भन्दा बढी खाताहरू मार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ ।

साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ । बैंकले ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्